एनआईसी एशिया बैङ्कले हरिपुर्वा गाँउपालिका, वडा नं ५, बजार चोक, सर्लाहीमा नयाँ शाखा स्थापना खोलेको छ । हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायले सो शाखाको उद्घाटन गरेका हुन् ।
यो शाखासँगै बैङ्कका २२४ शाखा पुगेका छन् । यसैगरी २१० एटीएम, १४ एक्स्टेन्सन काउन्टर एवम् ९ ओटा शाखारहित बैङ्किङ्ग सेवा छन् । बैङ्कको वासलातको आकार १६६ अर्बभन्दा बढी पुगेको छ भने बैङ्कको कुल कर्जा करिब ११८ अर्ब र कुल निक्षेप करिब १४१ अर्ब रुपैयाँ पुगिसकेको छ । बैङ्कमा करिब ११ लाख ५० हजार ग्राहक छन् ।