स्थापना कालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिब २० हजार व्यावसायिक साझेदारहरूको साझा सञ्जाल निर्माण गरेको छ ।
आईएमई १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिब २० हजार व्यावसायिक साझेदारहरूको साझा सञ्जाल निर्माण गरेको छ । त्यसैले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ यस पटकको वार्षिकोत्सव मनाइएको हो ।
नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सपmल आईएमईले रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, ऊर्जा, केबलकार, हस्पिटालिटी लगायतका व्यावसायिक क्षेत्रमा आईएमई समूहले लगानी विस्तार गरेको छ ।
१८औं वार्षिकोत्सवका अवसरमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइएको बताउँदै प्रतिस्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आईएमई ग्रुपमा धेरै अवसरहरु भएको बताएका थिए
वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा दशवर्ष सेवाअवधि पूरा गरेका कर्मचारी, फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेता तथा कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्तगर्ने कर्मचारीलाई पुरस्कार, ट्रफी, दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।