चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसमा

समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्समार्फत पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि जुन १६मा यो दिवस मनाउँदै आइएको छ । समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्ययम नै प्रयोग गरौँ’ भन्ने नारा अङ्कित प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्धनिर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल आइएमईका ब्रान्ड एम्बास्डर दीपकराज गिरी र दीपा निरौलालगायत आइएमईका व्यावसायिक साझेदार एवम् आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीसहित करिब २ सय जनाको उपस्थिति थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्छ ।