पुससम्म कर्मचारी खर्च बढी गर्ने बैङ्कहरुको सूचीमा पाँचौं नम्बरमा थियो । तर, चैतमा आइपुग्दा सबैलाई धेरै पछाडि छोडेको छ । राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्कलाई छाडेर निजी क्षेत्रका २५ ओटा बैङ्कमध्ये सबैभन्दा बढी रकम कर्मचारीका लागि खर्चनेमा एनआईसी एसिया परेको छ ।
ब्याजदर निर्धारणमा आक्रामक देखिएको एनआईसी एसिया बैङ्क कर्मचारी खर्चमा पनि उस्तै आक्रामक देखिएको छ । उसले अघिल्लो ६ महिनामा गरेको कर्मचारी खर्चबराबर त पछिल्लो ३ महिनामै गरेको छ ।
गत पुससम्म ४७ करोड ३० लाख रुपैयाँ कर्मचारी व्यवस्थापनमा खर्च गरेको एनआईसी एसियाले चैतसम्म आइपुग्दा ९१ करोड १४ लाख रुपैयाँ खर्च गरेर सबै बैङ्कहरुलाई उछिनेको छ । पुससम्म कर्मचारी खर्च बढी गर्ने बैङ्कहरुको सूचीमा पाँचौं नम्बरमा थियो । तर, चैतमा आइपुग्दा सबैलाई धेरै पछाडि छोडेको छ । राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्कलाई छाडेर निजी क्षेत्रका २५ ओटा बैङ्कमध्ये सबैभन्दा बढी रकम कर्मचारीका लागि खर्चनेमा एनआईसी एसिया परेको छ ।
प्राविधिक रुपमा अघिल्लो ६ महिनाको खर्च र पछिल्लो ३ महिनाको खर्च तुलना हुँदैन । तर, यो बीचमा कतिपय बैङ्कहरुको खर्च अस्वाभाविक रुपमा बढेको छ । र त्यसलाई यहाँ केलाउने प्रयास मात्र गरिएको हो । यसबीचमा कर्मचारी खर्चमा बढी वृद्धि देखिएको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क हो । उसको पुसमा २८ करोड ८४ लाख रुपैयाँ रहेकोमा चैतमा आईपुग्दा ४७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यो पुसको तुलनामा खर्च वृद्धि ६६.३७ प्रतिशत हो । पुसमा कम खर्च भएको बैङ्कमध्ये सातौं स्थानमा रहेको एनसीसी चैतमा आईपुग्दा बढी खर्च गर्नेको तेह्रौं सूचीमा छ । त्यसपछि खर्च बढी बढाउने हिमालयन बैङ्कको चैतसम्म ८२ करोड ९७ लाख रुपैयाँ कर्मचारी खर्च छ । जबकि उसले पुससम्म ५१ करोड २ लाख रुपैयाँ खर्च गरेको थियो । अझै पनि प्राइम कमर्सियल बैङ्कको सबैभन्दा कम कर्मचारी खर्च छ । उसले चैतसम्म कर्मचारीका लागि २६ करोड ९० लाख रुपैयाँ खर्चेको छ । यो रकम यसअघि पुससम्मको खर्च १७ करोड ९१ लाखको तुलनामा ५० प्रतिशत मात्रै बढी हो । बढी कर्मचारी खर्च हुनेको दोस्रो स्थानमा रहेको हिमालयन बैङ्कको खर्च नै ८२ करोड ९६ लाख छ । जबकि उसको गत पुसमा ५१ करोड २ लाख रुपैयाँ कर्मचारी खर्च थियो ।
पटक पटक ब्याजदरमा विवाद खेपेको एनआईसी एसियाले यसबीचमा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई समेत राजीनामा दिन पाध्य पारेको थियो । दुई महिनाअघि नेपाल बैङ्कर्स सङ्घको सहमतिविपरीत १२ प्रतिशत ब्याजदर प्रचलनमा ल्याएपछि अन्य बैङ्कहरुले एनआईसी एसियासँग कारोबारै नगर्नेसम्मको निर्णय लिएका थिए । तर, पछि एनआईसी एसियाले आफ्नो निर्णय फिर्ता लिएर ११ प्रतिशतभन्दा बढी ब्याज नदिने प्रतिबद्धता जनाएको थियो । केही दिनअघि सङ्घले चौतर्फी दबाब परेको भन्दै ब्याजदरमा लगाएको सीमा खारेज गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै एनआईसीले १२ प्रतिशत ब्याजदरमा पुरानै प्रोडक्ट ल्याएको थियो । त्यसपछि एनआईसीलाई उछिन्दै सेन्चुरी कमर्सियल बैङ्कले १२.२२ प्रतिशत र त्यसलगत्तै सिभिल बैङ्कले १२.५ प्रतिशत ब्याजदर दिएर निक्षेप मागेका थिए ।
नेपाल राष्ट्र बैङ्कले प्रत्येक स्थानीय तहमा एउटा वाणिज्य बैङ्क पुग्नैपर्ने बाध्यकारी व्यवस्थाले शाखा खोल्दै जाँदा खर्च बढ्नु अन्यथा होइन । तर, अस्वाभाविक रुपमा खर्च बढ्नु भनेको व्यवस्थापनमा कहीँ न कहीँ समस्या देखिनु हो । यद्यपि एनआईसी एसिया बढी शाखा भएको बैङ्कमा पर्छ र कर्मचारी पनि त्यही अनुरुपमा हुनुपर्छ भन्ने मान्यता राख्न सकिन्छ । पछिल्लो समय एनआईसीले अन्य बैङ्कमा तल्लो तहमा काम गरेका कर्मचारीलाई एकदमै महत्त्व दिएर लैजाने र केही समयमै हटाउने गर्न थालेको सूचनाहरु बाहिरिन थालेको छ, जुन बैङ्क व्यवस्थापनका लागि गम्भीर विषय हो । अर्कोतिर बिहान ९ बजे कार्यालय छिरेका कर्मचारीलाई बेलुका ९ बजेटसम्म काम लगाउने र बढीभन्दा बढी काम लगाउने तर, त्यसबापतको अतिरिक्त सुविधा नदिने गरेको आवाज मुखरित हुन थालेको छ । एनआईसीमा बेला ८ बजेटसम्म बस्ने कर्मचारीलाई मात्र साँझको खाना दिने गरेको पनि त्यहाँका कर्मचारीहरुको भनाइ छ ।
पछिल्लो समय बैङ्क तथा वित्तीय गाभ्ने/गाभिने प्रक्रियापछि कर्मचारी समायोजनमा समस्या झेलिरहेका कतिपय बैङ्कले कर्मचारी व्यवस्थापनमा थप खर्च गर्न थालेका छन् । केही बैङ्कहरुमा कर्मचारी भित्रिने र बाहिरिने क्रम एकदमै तीव्र देखिएको छ । पुराना र गाभ्ने/गाभिने प्रक्रियामा समावेश नभएको कम्पनीको हकमा कर्मचारी खर्च अस्वाभाविक रुपमा बढ्नु राम्रो सङ्केत पक्कै होइन ।
बैङ्कको नाम पुस २०७४ चैत २०७४ प्रतिशतले वृद्धि
एनआईसी एसिया ४७३०२३ ९११४३७ ९२.६८
हिमालयन ५१०२२२ ८२९६८९ ६२.६१
नेपाल एसबीआई ५०६५५३ ७९२९०१ ५६.५३
नबिल बैङ्क ५०४९११ ७७७७७८ ५४.०४
प्रभु ४७९५५६ ७५५५५४ ५७.५५
ग्लोबल आईएमई ४७९९१३ ७२७९८४ ५१.६९
एभरेस्ट बैङ्क ४२९९४५ ६३८६६६ ४८.५५
बैङ्क अफ काठमान्डू ४०१२८२ ५९४५०२ ४८.१५
नेपाल इन्भेस्टमेन्ट ३८३४०१ ५८३५३८ ५२.२०
एनएमबी ३७९५१२ ५७६८१२ ५१.९९
सिद्धार्थ ३५३३८५ ५५७४५० ५७.७४
माछापुच्छ«े बैङ्क ३१८९१० ५०००१८ ५६.७९
नेपाल क्रेडिट एन्ड कमर्स २८८४२४ ४७९८४० ६६.३७
जनता २९८२९६ ४६४८९० ५५.८५
स्ट्यान्डर्ड चार्टर्ड ३०२२३२ ४६१२६२ ५२.६२
कुमारी बैङ्क २९५९५९ ४११३७० ३९
लक्ष्मी २४८७८१ ३८४८९९ ५४.७१
नेपाल बङ्गलादेश २३७३५९ ३७४१५६ ५७.६३
सनराइज ३०८७४० ४६५३७० ५०.७३
सानिमा २३०७६५ ३७३२१९ ६१.७३
सिटिजन्स बैङ्क इन्टरनेसनल २३४८२५ ३६०००१ ५३.३१
सेन्चुरी कमर्सियल २०९७०० ३२४८६८ ५४.९२
सिभिल १९५२९६ ३१८९७० ६३.३२
मेगा १९३८४५ ३०३८०४ ५६.७३
प्राइम कमर्सियल १७९१६७ २६९०३८ ५०.१६