सारथीको अध्यक्षमा खड्का

खड्काले बिहीबार नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसँग पद तथा गोपनीयताको शपथ लिए ।

सारथी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकबहादुर खड्का चयन भएका छन् । अध्यक्ष खड्काले बिहीबार नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसँग पद तथा गोपनीयताको शपथ लिए । उनी राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक हुन् ।
मङ्सिर ५ गते राष्ट्र बैङ्कबाट सञ्चालन स्वीकृति पाएको सारथीको बारा, पर्सा, मकवानपुर, नवलपरासी, रूपन्देही तनहुँ, गोरखा, धादिङ, लमजुङ र पर्वत गरी १० जिल्ला रहेको छ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको सहभागितामा खुलेको सारथीको तनहुँको दमौलीमा प्रधान कार्यालय छ । हाल चुक्ता पुँजी ७ करोड रहेको लघुवित्तले सर्वसाधारणका लागि ३ करोडको सेयर छिट्टै जारी गर्ने जानकारी दिएको छ ।