नेपाल इन्भेष्टमेन्ट बैङ्ककाे सल्यानको लान्तीमा ७२औं शाखा

बैङ्कले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैङ्क लि.ले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित लान्तीमा आफ्नो ७२औं शाखा विस्तार गरेको छ । १२ हजारभन्दा बढी जनसङ्ख्या रहेको प्रदेश ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।

बैङ्कले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेष्टमेन्ट बैङ्क एक मात्र निजी क्षेत्रको बैङ्क हो ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैङ्कको सय ओटा एटीएम छन् भने ६ ओटा एक्स्टेन्सन काउन्टर छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्कका ५७ ओटा शाखारहित बैङ्किङ सुविधाका साथै तीन सयभन्दा बढी भिसा तथा एनपीएन सदस्य बैङ्कका एटीएम छन् ।