कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गुरुङलाई सीईओ नियुक्त गरिएको जनाएको छ ।
पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङलाई नियुक्त गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गुरुङलाई सीईओ नियुक्त गरिएको जनाएको छ । आगामी १० गतेदेखि लागू हुने गरी ४ वर्षका लागि उनलाई सीईओको जिम्मेवारी दिइएको हो ।
हाल सीईओका रुपमा राजकुमार गुरुङ कार्यरत छन् । कम्पनीले फाइनान्समै कार्यरत वरिष्ठ प्रबन्धकलाई सीईओको जिम्मेवारी दिएको हो । कम्पनीले नायब सीईओ राजुमोहन भट्टराईलाई सीईओको जिम्मेवारी नदिई मुख्य प्रबन्धक रहेका गुरुङलाई नेतृत्व सुम्पेको हो । पोखरा फाइनान्स राष्ट्रियस्तरको वित्त कम्पनी हो ।