आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

आइएमई ग्रुप अन्र्तगतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्रि प्रवन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । सर्वसाधारणका लागि निष्काशन गर्न लागेको रु. १०० अंकित दरका ६०,००,००० (साठी लाख)कित्ता साधारण शेयर निष्काशनको लागि श्री सिभिल क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिएको जनाएको छ ।

उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट निमित्त महाप्रबन्ध दिनेश अमात्य र सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन । हाल कम्पनीको चुक्तापूँजी रु. १ अर्व ४० करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी रु. २ अर्व कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

कम्पनीले २०७४ भाद्र ०१ गते देखि कारोवार शुरु गरि हाल सम्म मुलुकभर ५० शाखा उपशाखा मार्पmत बिमा सेवा प्रदान गर्दै आएको छ ।