रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ३ शाखा रहित बैकिङ सेवा

माछापुच्छ्रे बैङ्क लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । भिमदत्त नगरपालिका वडा नं–१६, माँझगाउँ चौराहा र बेदकोट नगरपालिका वडा नं–८, समा दाईजी साथै २७ गते बैजिनाथ गाउँपालिका वडा नं–२, नौबास्ता गरी ३ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।

बैङ्कले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ३ शाखा रहित बैकिङ सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ्रे बैङ्क लिमिटेडको हालसम्म ९ शाखा रहित बैकिङ सेवा सुचारु भईसकेको बैकले जनाएको छ । ग्राहक सेवा केन्द्रका रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।