आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३ औं शाखा न्यूरोडमा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ गरेका हुन ।
चापागार्इँँ सबैले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तिको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने बताए ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी शाखा सञ्जाल विस्तार गरी ग्राहक सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए ।
शाखा सहित २३ वटा २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको जानकारी दिए ।
ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान जारी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी रु. ९७ करोड २० लाख पुर्याउने जानकारी गराए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने बताए ।