सानिमा हाइड्रोपावर एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले प्रिभिजिबिलिटीको काम गरिरहेको उनले बताए । ‘आयोजाको प्रारम्भिक सम्भाव्यता अध्ययनको काम झन्डै सम्पन्न गर्ने फेजमा छौँ,’ उनले भने, ‘सानिमा हाइड्रोपावर एन्ड इन्जिनियररिङ प्रालिले गरिरहेको छ ।’
ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका—३ मा निर्माणाधीन अपर काबेली जलविद्युत् आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । २२ दशमलव ९ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययनको काम करिब अन्तिम चरणमा पुगेको आयोजना प्रमुख रामकुमार लिम्बुले जानकारी दिए ।
सानिमा हाइड्रोपावर एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले प्रिभिजिबिलिटीको काम गरिरहेको उनले बताए । ‘आयोजाको प्रारम्भिक सम्भाव्यता अध्ययनको काम झन्डै सम्पन्न गर्ने फेजमा छौँ,’ उनले भने, ‘सानिमा हाइड्रोपावर एन्ड इन्जिनियररिङ प्रालिले गरिरहेको छ ।’
गत २०७२ असार २७ मा जेनरेसन लाइसेन्स पाएको उक्त आयोजनाले सम्भाव्यता अध्ययन पूरा गरेपछि विद्युत् खरिद सम्झौता (पीपीए) हुने उनले बताए । ‘प्रारम्भिक सम्भाव्यता अध्ययनपछि पीपीए गर्न नेपाल विद्युत् प्राधिकरणसँग पहल गरिरहेका छौँ,’ उनले भने ।
निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गर्न सकिने लिम्बुले जानकारी दिए । आगामी २०७६ भदौपछि मात्रै निर्माणको काम थाल्ने आयोजनाले जनाएको छ ।