प्रुडेन्सियल इन्स्योरेन्स बानेश्वरमा

कम्पनीले चालू वर्षमा १ अर्ब २८ करोड रुपैयाँ बिमाशुल्क सङ्कलन गरिसकेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले काठमाडौंको नयाँ बानेश्वरमा शाखा खोलेको छ । कम्पनीको ४२औं शाखाको उद्घाटन शुक्रबार कम्पनीका नायबमहाप्रवन्धक तुलसीनारायण मानन्धरले गरे ।

प्रुडेन्सियलले मुलुकभरका ४२ शाखा कार्यालयहरुबाट मोटर बिमा, अग्नी बिमा, सामुन्द्रिक बिमा, स्वास्थ्य बिमा, बाली तथा पशु बिमा र लघु बिमाको सेवा दिँदै आएको छ । कम्पनीले चालू वर्षमा १ अर्ब २८ करोड रुपैयाँ बिमाशुल्क सङ्कलन गरिसकेको छ ।