अहिले पहिरो हटाइएको र आवतजावतमा कुनै समस्या नभएको उनले बताए । ‘पहिरो सोमबार बिहान हटेको छ ।’ उनले भने, ‘दोहोरो सवारी आवागमन भइरहेको छ । कुनै समस्या छैन ।’
गत आइतबार परेको बर्षाका कारण नारायणगढ—मुग्लिङ सडक खण्डमा खसेको पहिरो हटाइएको छ । चारकिलो र जल्लेरी क्षेत्र आसपासमा खसेको पहिरोका कारण आइतबारदेखि यातायात अवरुद्ध भएको थियो ।
ठूलो पहिरोका कारण यात्रुहरुलाई सास्ती परेको थियो भने पहिरो हटाउन प्रयोग गरिने डोजर, एक्साभेटर ल्याउन समेत समस्या भएपछि पहिरो हटाउन समय लागेको नारायणगढ मुग्लिङ सडक खण्ड आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले जानकारी दिए । अहिले पहिरो हटाइएको र आवतजावतमा कुनै समस्या नभएको उनले बताए । ‘पहिरो सोमबार बिहान हटेको छ ।’ उनले भने, ‘दोहोरो सवारी आवागमन भइरहेको छ । कुनै समस्या छैन ।’
अहिले सडक आयोजनाको काम तीव्र रुपमा भइरहेको छ । ३२ किलोमिटर लम्वाई भएको उक्त सडक खण्ड तीन खण्ड निर्माण तथा विस्तार भइरहेको छ । यसअघि दोस्रो र तेस्रो खण्डको सडक विस्तार तथा कालेपत्रेको काम सकिएको थियो भने अहिले पहिलो खण्डको कालेपत्रेको केही काम बाँकी रहेको छ ।
सडकमा नाली बनाउने, कल्र्भर्ड हाल्ने, जाली हाल्ने र फिनिसिङ लगायतका काम भइरहेकोको खनालले जानकारी दिए । उनले आगामी असार भित्रै सडकको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको बताएका छन । लामो समयदेखि विस्तार र निर्माण भइरहेको उक्त सडक बर्षा सुरु भएसँगै ठाउँ ठाउँबाट पहिरो खस्दा यातायात अवरुद्ध हुँदै आएको छ ।