महालक्ष्मी बैङ्कको ७२औं शाखा नयाँ बानेश्वरमा

महालक्ष्मी विकास बैङ्कको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ । बैङ्कले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

महालक्ष्मी विकास बैङ्कले शाखा सञ्जाल विस्तार गर्दै यही असार ११ गतेबाट काठमाडौंको नयाँँ बानेश्वरमा नयाँ शाखा खोलेको छ । उक्त शाखा बैङ्कको ७२ औँ शाखा हो ।

महालक्ष्मी विकास बैङ्कको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ । बैङ्कले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा ७२ ओटा शाखा तथा ३५ ओटा एटीएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैङ्कका ग्राहक ४ लाख ४० हजारभन्दा बढी छन् ।