रिया आईएमई ‘लक्की ड्र’को नतिजा आयो

काठमाडौं । मलेसियास्थित रिया आईएमईले दसैँतिहारको अवसरमा ल्याएको ‘दसैँतिहारमा आईएमई गर्नुहोस्, घर सजाउनुहोस्’ नामक कार्यक्रमअन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित छनोट कार्यक्रममा रिया आईएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली विजेता घोषित भएका हुन् ।

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आईएमईमार्फत ३२ हजार ५३ रुपैयाँ पठाएका थिए । उक्त रकम सिन्धुपाल्चोकस्थित आईएमईको व्यावसायिक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको हो ।

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आईएमईले यसपटकको दसैँतिहारलाई लक्ष्य गरी उक्त कार्यक्रम ल्याएको हो । सेप्टेम्बर १ देखि अक्टोबर मसान्तसम्म (दुई महिना) सञ्चालनमा ल्याइएको योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिन्छ ।

भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुन् । उनले घरयासी प्रयोजनका सामग्री वासिङ मेसिन, रेफ्रिजेरेटर, एलईडी टेलिभिजन, माइक्रो वेभ ओभन र स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्न विजेताले मलेसियास्थित रिया आईएमईमा सम्पर्क गर्नुपर्ने कम्पनीले जारी गरेको विज्ञपितमा उल्लेख छ ।