एनबीआईले हालै प्रकाशित गरेको नतिजाअनुसार एभरेस्ट बैङ्कमा कार्यरत समीक्षा श्रेष्ठ प्रथम, श्रद्धा राजभण्डारी दोस्रा तथा एनसीसी बैङ्ककी कमला रिजाल तेस्रो भएकी छिन् ।
नेसनल बैङ्किङ्ग इन्ष्टिच्युट (एनबीआई)ले सञ्चालन गरेको ‘जानबी’को परीक्षामा एभरेस्ट बैङ्कका कर्मचारी उत्कृष्ट ठहरिएका छन् ।
जानबी भारतको मुम्बईस्थित ‘आईआईबीएफ’को सहकार्यमा नेपालमा सञ्चालन गरिने बैङ्किङसम्बन्धी व्यावसायिक सर्टिफिकेसन कोर्स हो । गत असार १ र २ गते सञ्चालित जानबी परीक्षामा देशका विभिन्न ९ परीक्षा केन्द्रबाट पाँच सय ५७ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये एक सय ९१ जना उत्तीर्ण भएका हुन् । उत्तीर्णमध्ये ३४ जनाले विशिष्ट श्रेणी हासिल गरेका छन् ।
जानबी नेपालको बैङकिङ् क्षेत्रको अत्यन्त लोकप्रिय कार्यक्रम हो ।