no-image

वीरगञ्ज क्षेत्रमा भारी वर्ष हुँदा टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । एउटा ट्रकले टेलिकमको पोलमा ठक्कर दिँदा टेलिकमको टावरमा प्राविधिक समस्या आएको उनको भनाइ छ । सोही स्थानमा अप्टिकल फाइबरको तार चुँडिएको छ ।

देशभर भएको वर्षा तथा चट्याङ्का कारण सूचना तथा सञ्चारमाध्यमका टेलिफोन एवम् टावर अवरुद्ध भएका छन् । वर्षाकै कारण विभिन्न स्थानमा बाढीपहिरो जाने, बिजुलीका पोल लडेको र विभिन्न क्षेत्रमा टेलिफोन टावरले काम नगरेका कारण नेपाल टेलिकम, एन्सेललगायत विभिन्न दूरसञ्चार सेवाप्रदायकको सेवा अवरुद्ध भएको हो ।

वीरगञ्ज क्षेत्रमा भारी वर्ष हुँदा टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । एउटा ट्रकले टेलिकमको पोलमा ठक्कर दिँदा टेलिकमको टावरमा प्राविधिक समस्या आएको उनको भनाइ छ । त्यस्तै सोही स्थानमा अप्टिकल फाइबरको तार चुँडिएको छ । त्यसका लागि उक्त स्थानमा प्राविधिक टोली पुगिसकेको र मर्मत कार्यलाई निरन्तरता दिइएको छ । टेलिकमका अनुसार खोटाङ, नुवाकोटलगायत अन्य केही स्थानमा टेलिकम सेवा बन्द भएको छ ।

निरन्तर वर्षा र चट्याङ पर्दा दोलखामा तीन दिनदेखि टेलिफोन, बिजुली तथा अन्य टावर अवरुद्ध रहेको टेलिकमले जनाएको छ । साथै सिन्धुपाल्चोक र रामेछापमा पनि समस्या आएको बताइएको छ । टेलिकमले थप कहाँकहाँ क्षतिका विषयमा थप अनुसन्धान गरिरहेको प्रवक्ता वैद्यको भनाइ छ ।
काठमाडौं उपत्यकाको जनजीवन पनि वर्षाका कारण प्रभावित बनेको छ । विशेषगरी सवारीसाधन (त्यसमा पनि दुईपाङ्ग्र्रे)मा यात्रा गर्नेहरुको दैनिकी कष्टकर बनेको छ ।

सडक पनि अवरुद्ध

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ भने चितवनमा भरतपुर, माडी, ठोरी हुलाकी सडकमा पनि आवागमन बन्द भएको छ । त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।