सार्वजनिक भयो साओमी एमआई ९ टी, यस्ता छन् फिचर र मूल्य

साओमीले यो फोन एमआई ९ टीलाई स्पेनमा दुई स्टोरेज मोडलमा सार्वजनिक गरेको छ, जसमा एउटा ६ जीबी र्याम प्लस ६४ जीबी स्टोरेज र अर्को ६ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज छ । यी फोनको मूल्य भने ६४ जीबी मोडलको ३२९ युरो र १२८ जीबी मोडलको ३६९ युरो रहेको छ ।

एजेन्सी । साओमी कम्पनीले आफ्नो नयाँ फोन एमआई ९ टी युरोपियन बजारमा लन्च गरेको छ । कम्पनीले यसअघि नै सार्वजनिक रेडमी के२० लाई नै एमआई ९टीको नाममा रिब्रान्ड गर्दै म्याड्रिड स्पेनमा लन्च गरेको हो । दुई फोनबीच नाममा बाहेक डिजाइन र फिचर केही कुरामा पनि भिन्नता छैन ।

यससँगै साओमीले युरोपमा एमआई स्मार्ट ब्यान्ड ४ पनि सार्वजनिक गरेको छ । उक्त स्मार्ट ब्यान्ड ४ गत मङ्गलबार चीनमा पनि सार्वजनिक भएको थियो । त्यसै अवसरमा चिनियाँ निर्माणकर्ता कम्पनी साओमीले एमआई इलेक्ट्रिक स्कुटर प्रो र एमआई टू वायरलेस इयरफोन पनि सार्वजनिक गरेको थियो ।

साओमीले यो फोन एमआई ९ टीलाई स्पेनमा दुई स्टोरेज मोडलमा सार्वजनिक गरेको छ, जसमा एउटा ६ जीबी र्याम प्लस ६४ जीबी स्टोरेज र अर्को ६ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज छ । यी फोनको मूल्य भने ६४ जीबी मोडलको ३२९ युरो र १२८ जीबी मोडलको ३६९ युरो रहेको छ ।

एमआई ९टीमा क्वाल्कम स्नापड्रागन प्रोसेसर छ । यसमा ६.३९ इन्चको फुल एचडी प्लस डिस्प्ले नोचरहित बेजललेस २३४०ह१०८० पिक्सेल्सको स्क्रिन रिजोलुसन छ । यसमा ट्रिपल रियर क्यामेरा सेटअप छ, जसमा ४८ मेगापिक्सेल्स र ८ मेगापिक्सेल्सको टेलिफोटो लेन्स छ । यसको फ्रन्ट क्यामेरामा २० मेगापिक्सेल्सको पपअप सेल्फी क्यामेरा छ ।

एमआई ९टीमा चार हजार एमएएचको ब्याट्री ब्याकअप छ ।