अमेरिकी प्रतिबन्धका कारण हुवावेको नयाँ ल्यापट सार्वजनिक कार्यक्रम स्थगित

अमेरिकासँगको जारी व्यापार युद्धबीच अमेरिकी सरकारले उसका माइक्रोसफ्ट र इन्टेल प्रोसेसर जस्ता घरेलु उत्पादित सफ्टवेयरहरुलाई चीनमा प्रसार गर्न प्रतिबन्ध लगाएपछि त्यसले हुवावेको ल्यापट सार्वजनिक तालिकामा फेरबदल ल्याएको हो ।

एजेन्सी । चिनियाँ टेक जाइन्ट कम्पनी हुवावेले चाँडै नै बजारमा सार्वजनिक गर्ने भनेको नयाँ विण्डो ल्यापटपको लन्चिङ कार्यक्रमलाई हालका लागि स्थगित गरेको छ । उक्त ल्यापटलाई यसै सप्ताह सांघाईमा जारी सीइएस एसिया ‘शो’मा सार्वजनि गर्ने कार्यक्रम भए पनि हाल अनिश्चितकालका लागि स्थगित गरेको कम्पनीले जनाएको छ ।

अमेरिकासँगको जारी व्यापार युद्धबीच अमेरिकी सरकारले उसका माइक्रोसफ्ट र इन्टेल प्रोसेसर जस्ता घरेलु उत्पादित सफ्टवेयरहरुलाई चीनमा प्रसार गर्न प्रतिबन्ध लगाएपछि त्यसले हुवावेको ल्यापट सार्वजनिक तालिकामा फेरबदल ल्याएको हो ।

अमेरिकाले उसको इन्टीटी लिस्टमा हुवावे कम्पनीलाई राखेसँगै उक्त ल्यापटको भविष्य हुवावेको कालो सूचीमा कतिसमयसम्म रहने भन्ने कुराले निर्धारण गर्नेछ ।

उक्त ल्यापटपको प्राविधिक विवरण हालसम्म सार्वजनिक भएको छैन यद्यपी यो ल्यापटप हुवावेको म्याटबूक लाइनमा नयाँ इन्ट्री हो ।
हुवावेले विभिन्न उपकरण तत्व र आफ्नो प्रोपाइटरी प्रविधिको भण्डारणले अमेरिकी प्रतिबन्धको असरलाई कम गर्ने विश्वास व्यक्त गरेको छ ।