ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

सम्भौतापत्रमा ग्लोबल आइएमई बैङ्कका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रवर्द्धन, मिडिया तथा ब्रान्डिङ विभाग प्रमुख रवीन्द्र ढकाल र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीबीच हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैङ्कका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रवर्द्धन, मिडिया तथा ब्रान्डिङ विभाग प्रमुख रवीन्द्र ढकाल र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीबीच हस्ताक्षर भएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा ओम हस्पिटलका अध्यक्ष डा भोला रिजालको विशेष उपस्थिति थियो ।

उक्त सम्झौता पश्चात ओम हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैङ्कबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैङ्कका ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा बिशेष छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैङ्कले आफ्ना ग्राहकहरुलाई बैङ्किङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।