असार १९ गतेबाट देशका प्रमुख सहरका २० ओटा शाखामा आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैङ्किङ कारोबार हुनेछ ।
एनआईसी एसिया बैङ्कले आफ्ना केही शाखाहरुमा हुने कारोबारको समय बढाएको छ । असार १९ गतेबाट देशका प्रमुख सहरका २० ओटा शाखामा आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैङ्किङ कारोबार हुनेछ ।
यस्तो सुविधा दिने बैङकका शाखामध्ये काठमाडौंका त्रिपुरेश्वर, महाराजगञ्ज, सामाखुसी, नयाँबानेश्वर, पुल्चोक, ठमेल, न्युरोड बिशालबजार, न्युरोड खिचापोखरी, कमलादी तथा कर्पोरेट कार्यालय थापाथली छन् ।
यसैगरी उपत्यका बाहिरका शाखाहरु नारायणगढ – चितवन, वीरगञ्ज – पर्सा, महेन्द्रपुल – कास्की, धरान – सुनसरी, बिराटनगर मेनरोड – मोरङ, इटहरी – सुनसरी, बुटवल – रुपन्देही, दमक – झापा, बिर्तामोड – झापा, नेपालगञ्ज – बाँकेमा पनि बैङ्किङ समय बढाइएको छ ।