नेपाल इन्भेस्टमेन्ट बैङ्कको शाखा निजगढमा स्थानान्तरण

बैङ्कले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

नेपाल इन्भेस्टमेन्ट बैङ्कले बाराको निजगढ नगरपालिकास्थित निजगढ बजारमा शाखा स्थानान्तरण गरेको छ । पर्साको वीरगन्ज लिङ्करोडमा रहेको बैङ्कको शाखालाई निजगढमा स्थानान्तरण गरिएको हो ।

२५ हजार बढी जनसङ्ख्या रहेको प्रदेश २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा बैङ्कले लिएको छ । बैङ्कले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैङ्कको १ सय ओटा एटीएम पुगेको छ भने ७ ओटा एक्स्टेन्सन काउन्टर छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको इन्भेस्टमेन्ट बैङ्कका ५७ वटा शाखारहित बैङ्किङ सुविधाका साथै ३ सय बढी भिसा तथा एनपीएन सदस्य रहेको बैङ्कको एटीएम छ ।