खासगरी विद्युत् आदानप्रदान महसुल दरका सम्वन्धमा उत्तर विहार वितरण कम्पनीका तर्फबाट साविक नेपाल भारत विद्यु्त् आदानप्रदान समिति(पीइसी) दरमा करिव २० प्रतिशत विद्युत् महसुल बढाउने निर्णय नेपालले अस्विकार गरेको छ । हालको दर १३२ केभीमा ५.५५ रुपैँया र ३३ केभीमा प्रतियुनिट ६ रुपैयाँ भन्दा बढि बढाउन नसकिने धारणा नेपाल तर्फबाट प्रस्तुत भएको थियो ।
नेपाल भारत विद्युत आदानप्रदान समितिको बाहै बैठक सम्पन्न भएको छ । पाँचौ ज्वाइन्ट स्टेयरिङ बैठक भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट सेन्ट्ल इलेक्ट्रोसिटी अथोरिटिका सदस्य प्रकाश मास्केबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।
खासगरी विद्युत् आदानप्रदान महसुल दरका सम्वन्धमा उत्तर विहार वितरण कम्पनीका तर्फबाट साविक नेपाल भारत विद्यु्त् आदानप्रदान समिति(पीइसी) दरमा करिव २० प्रतिशत विद्युत् महसुल बढाउने निर्णय नेपालले अस्विकार गरेको छ । हालको दर १३२ केभीमा ५.५५ रुपैँया र ३३ केभीमा प्रतियुनिट ६ रुपैयाँ भन्दा बढि बढाउन नसकिने धारणा नेपाल तर्फबाट प्रस्तुत भएको थियो ।
त्यस्तै बुटवल गोरखपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन निर्माण गर्दा नेपाली भूभागमा पर्ने खण्ड नेपालले नै बनाउने र बाँकी भारतले विभिन्न मोडेलमा निर्माण गर्नेबारे छलफल भएको थियो ।इनर्जी बैकिंङको विधि र प्रारुप मस्यौदा तयार गरी त्यसलाई अन्तिम रुप दिनेबारे दुवैपक्षबीच सहमति भएको छ ।
टनकपुर सवस्टेशनको क्षमता अभिबृद्धि गर्ने, कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन डबल सर्किट तान्ने काम,भारतको उत्तर प्रदेश र नेपाल थप ३ ओटा १३२ केभी प्रसारण लाइन निर्माण गर्नेबारे सहमति भएको थियो ।