एनआईसी एशिया बैङ्क र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता

यस सम्झौताअनुसार अब एनआईसी एशिया बैङकका ग्राहकहरुले मुलुकभर रहेका दुई सय २५ शाखाबाट कम्पनीको निर्जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।

एनआईसी एशिया बैङ्कले प्रुडेन्सियल इन्स्योरेन्ससँग बैङ्कासुरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब एनआईसी एशिया बैङकका ग्राहकहरुले मुलुकभर रहेका दुई सय २५ शाखाबाट कम्पनीको निर्जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।

सम्झौतामा बैङ्का प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत वीरकृष्ण महर्जनले हस्ताक्षर गरे ।

हाल एनआईसी बैङ्कका देशभर दुई सय २५ शाखा, २ सय १८ एटीएम, १४ एक्सटेन्सन काउन्टर र ११ ओटा शाखारहित बैङ्किङ एकाइमार्फत् बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

बैङ्कको कुल निक्षेप करिब एक सय ५० अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा करिब एक सय २० अर्ब रुपियाँ बराबर पुगेको छ ।