सनराइज बैङ्कको ८९ औं शाखा धनकुटामा

बैङ्कले शाखा थप गर्दै आफ्ना ग्राहकलाई थप सर्वसुलभ, विस्तारित तथा उच्चस्तरीय बैङ्किङ सेवा पुर्याउने बताएको छ ।

सनराइज बैङ्कले धनकुटामा आफ्नो ८९ औं शाखा स्थापना गरेको छ । बैङ्कले धनकुटा नगरपालिकाको वडा नम्बर ७ मा नयाँ शाखा स्थापना गरेको हो ।

बैङ्कले शाखा थप गर्दै आफ्ना ग्राहकलाई थप सर्वसुलभ, विस्तारित तथा उच्चस्तरीय बैङ्किङ सेवा पुर्याउने बताएको छ ।

सनराइज बैङ्कका हाल देशभर ८९ ओटा शाखा, २२ ओटा शाखारहित बैङ्किङ सेवा, ३ एक्सटेन्सन काउन्टर र सय ओटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

हाल बैङ्कका ४ लाखभन्दा बढी ग्राहक छन् ।