ग्लोबल आइएमई बैङ्कको १००औं शाखारहित सेवा सुनसरीमा

बैङ्कको नयाँ शाखारहित बैङ्किङ सेवाको उद्घाटन १०५ वर्षीया अनुरुपा बिष्ट तथा बैङ्कका शाखारहित बैङ्किङ सेवा प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा गरे । बैङ्कले ५ वर्षअघि बर्दियाको मैनापोखरमा पहिलो शाखारहित बैङ्किङ सेवा खोलेरे सो सेवा सुरु गरेको थियो ।

ग्लोबल आइएमई बैङ्कले आफ्नो १००औं शाखारहित सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले सोमबार सुनसरीको बराह नगरपालिका – ५ काला बजारमा १००औं शाखारहित बैङ्किङ सेवा सुरु गरेको हो ।

बैङ्कको नयाँ शाखारहित बैङ्किङ सेवाको उद्घाटन १०५ वर्षीया अनुरुपा बिष्ट तथा बैङ्कका शाखारहित बैङ्किङ सेवा प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा गरे । बैङ्कले ५ वर्षअघि बर्दियाको मैनापोखरमा पहिलो शाखारहित बैङ्किङ सेवा खोलेरे सो सेवा सुरु गरेको थियो ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैङ्किङ सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैङ्कले त्यस स्थानमा शाखारहित बैङ्किङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैङ्कले एक सय २९ शाखा, एक सय ३२ एटीएम, पाँच एक्सटेन्सन र १४ राजश्व सङ्कलन काउन्टर र सय ओटा शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।