एनआईसी एशिया बैङकद्वारा सोलार तथा सीसीटीभी क्यामरा हस्तान्तरण

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, एमाले सांसद शीला श्रेष्ठ र राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको उपस्थिति थियो ।

एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेपलाञ्चोक उग्रचण्डी मन्दिर नालामा जडान गरिएका सोलारबत्ती तथा सीसीटीभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, एमाले सांसद शीला श्रेष्ठ र राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको उपस्थिति थियो ।

एनआईसी एशिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलारबत्ती तथा क्यामरा हस्तान्तरण गरेका हुन् ।

यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक क्रियाकलापमा सहयोग पु¥याउने बैङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई राष्ट्र बैङ्कका डेपुटीगभर्नर शिवराज श्रेष्ठले प्रशंसा गरेका थिए ।