एनआईसी एसिया बैंकको नयाँ शाखा दाङको सिसहनिया सञ्चालनमा आएको छ । राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेको हुन ।
बैंकले हालसम्म मुलुकभर २ सय २५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू.१ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १ खर्ब ५० अर्ब रुपैयाँ पुगिसकेको निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १ खर्ब २० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।