बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनी इच्छुक

लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना निर्माणका लागि चिनियाँ कम्पनी लगानी गर्न इच्छुक देखिएको बाहिरी चक्रपथअन्तर्गत उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत ध्रुवप्रसाद आचार्यले जानकारी दिए । ‘चाइना रेलवे इन्जिनियरिङ गु्रपले पनि लगानी गर्न इच्छा देखाएको छ’ उनले भने, ‘अहिले उक्त ग्रुपले फिल्ड निरीक्षण गरिरहेको छ ।’

बाहिरी चक्रपथ निर्माण गर्न चिनियाँ कम्पनी इच्छुक देखिएको छ । चीनको चाइना रेलवे इन्जिनियरिङ कन्सल्टेन्ट ग्रुपले लगानी गर्न इच्छा देखाएको हो । लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना निर्माणका लागि चिनियाँ कम्पनी लगानी गर्न इच्छुक देखिएको बाहिरी चक्रपथअन्तर्गत उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत ध्रुवप्रसाद आचार्यले जानकारी दिए । ‘चाइना रेलवे इन्जिनियरिङ ग्रुपले पनि लगानी गर्न इच्छा देखाएको छ’ उनले भने, ‘अहिले उक्त गु्रपले फिल्ड निरीक्षण गरिरहेको छ ।’

उनका अनुसार चीनकै अन्य ५ ओटा कम्पनीबाट पनि प्रस्ताव आएको उनले बताए । बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइसकेको र चिनियाँ कम्पनीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) प्रणालीबाट लगानी ल्याइने आचार्यले बताए । निर्माण गर्न इच्छुक कम्पनी रेलवे इन्जिनियरिङ ग्रुपले प्राधिकरणले अनुमान गरेको लागतभन्दा बढी लाग्न सक्ने बताएकाे छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लालाई जोड्ने बाहिरी चक्रपथ निर्माणको कामले गति पाउन सकेको छैन । तीन वर्षअघि २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथ शिलान्यास गरे पनि औपचारिक रुपमा निर्माण अझै सुरु हुन नसकेको हो । साउनसम्म सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माण सुरु गर्ने लक्ष्य लिएको प्राधिकरणले दसैंपछि मात्रै सुरु गर्न सकिने बताएको थियो ।

७२ किलोमिटर लामो चक्रपथको पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको ट्रयाक खोलिने छ । ५० मिटर फराकिलो निर्माण हुने चक्रपथ ८ लेनको बन्ने छ । काठमाडौँ उपत्यकामा ३५ दशमलव ८ किमी, ललितपुरमा १५ किमी र भक्तपुरमा २१ किमी लम्बाइको बन्ने छ । चक्रपथ निर्माणका लागि प्रभावित क्षेत्रका बासिन्दाहरुले ७ प्रतिशत जग्गा योगदान गर्नुपर्ने छ । त्यसबापत ट्रयाक निर्माण पश्चात् २० मिटर आसपासको जग्गा प्लटिङ हुने सापकोटाले बताए ।

१० वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको चक्रपथ निर्माणका लागि झन्डै ७२ अर्ब रुपैँया लाग्ने अनुमान गरिएको छ । डीपीआर बनिसकेको ‘राइट अफ वे’ अनुसार प्लानिङ एरियाको ५० मिटर बाटो ग्राभेलिङ गरिने छ ।