सामाखुसी क्षेत्रमा पनि घर—घरमा पानी पसेका कारण त्यस क्षेत्रका दुई ओटा ट्रान्सफर्मर फिडर अफ गरिएको छ । त्यस्तै स्वयम्भू डल्लु क्षेत्रमा अवरुद्ध लाइनलाई रुख काटेर सुचारु गरिने प्रयास भएको प्राधिकरणले जनाएको छ ।
काठमाडौंस्थित कलङ्की, सामाखुसी तथा स्वयम्भू क्षेत्रमा पनि वर्षाका कारण विद्युत् लाइनमा क्षति पुगेको छ । बुधबार रातिदेखि परेको वर्षाका कारण कलङ्की फिडर लाइनबाट पूर्ण क्षमतामा वितरण हुन सकेको छैन । आधा विद्युत् मात्र सुचारु भएको छ । त्यस्तै सामाखुसी क्षेत्रमा पनि घर—घरमा पानी पसेका कारण त्यस क्षेत्रका दुई ओटा ट्रान्सफर्मर फिडर अफ गरिएको छ । त्यस्तै स्वयम्भू डल्लु क्षेत्रमा अवरुद्ध लाइनलाई रुख काटेर सुचारु गरिने प्रयास भएको प्राधिकरणले जनाएको छ ।
कुलेश्वर वितरण केन्द्रमा पनि अवरुद्ध लाइन मर्मतको प्रयास भइरहेको छ । रत्नपार्क वितरण केन्द्रअन्र्तगतका नयाँ चाबहिल, ओम फिडर र स्विचिङ स्टेसन, पुरानो चाबहिल फिडर, पुरानो बानेश्वर एरियामा समस्या आई लाइन बन्द भएको छ । ती क्षेत्रमा पनि अन्यत्रबाट विद्युत् लोड मिलाउन ओभर लोडका कारण नसकिएको जानकारी प्राप्त भएको छ ।