प्रविधिमा फड्को मार्दै बैङ्किङ क्षेत्र, मोबाइल बैङ्किङ प्रयोगकर्ता ४० लाख

सङ्घीय व्यवस्थाअन्तर्गत ७ सय ५३ स्थानीय तहमध्ये १ सय ९७ स्थानीय तहमा अझै वित्तीय पहुँच नपुगेको राष्ट्र बैङ्कले जनाएको छ । यही असार २४ गतेसम्म ५ सय ५६ स्थानीय तहमा मात्र वित्तीय पहुँच पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले नेपालमा मोबाइल बैङ्किङका ग्राहकको सङ्ख्या ४० लाख र इन्टरनेट बैङ्किङका ग्राहक ७ लाख ८४ हजार रहेको जनाएको छ ।

बुधबार राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङका ग्राहक सङ्ख्या बढ्दो क्रममा रहेको उल्लेख गरेको छ ।
यस्तै हाल २ हजार ६ सय २४ ग्राहकले एटीएम प्रयोग गरिरहेका छन् । डेबिट कार्डका प्रयोगकर्ता ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डका प्रयोगकर्ता ९७ हजार रहेको राष्ट्र बैङ्कले जानकारी दिएको छ ।

यस्तै सङ्घीय व्यवस्थाअन्तर्गत ७ सय ५३ स्थानीय तहमध्ये १ सय ९७ स्थानीय तहमा अझै वित्तीय पहुँच नपुगेको राष्ट्र बैङ्कले जनाएको छ । यही असार २४ गतेसम्म ५ सय ५६ स्थानीय तहमा मात्र वित्तीय पहुँच पुगेको छ ।

सरकारले सबै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने नीति गत वर्ष नै अघि सारे पनि अझै १ सय ९७ स्थानीय तह वित्तीय पहुँचभन्दा बाहिर रहेको तथ्य राष्ट्र बैङ्कले सार्वजनिक गरेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरुमा गरी कुल २ करोड २५ लाख निक्षेप खाता खोलिएको जानकारी दिएको छ । यस्तै कर्जा खाता सङ्ख्या १२ लाख ८७ हजार पुगेको जनाएको छ । यो खाता सङ्ख्या २०७५ साल वैशाख मसान्तसम्मको हो ।

केन्द्रीय बैङ्कले २०७५ जेठ मसान्तसम्ममा वाणिज्य बैङ्कहरुको शाखा २ हजार ९ सय १९, विकास बैङ्कहरुको ९ सय ५१, वित्त कम्पनीहरुको १ सय ८३ र लघुवित्त संस्थाहरुको शाखा २ हजार ३ सय ६५ गरी कुल शाखा सङ्ख्या ६ हजार ४ सय १८ पुगेको जनाएको छ । प्रत्येक शाखाबाट करिब ४ हजार ४ सय ९० जनसङ्ख्याले सेवा लिन सक्ने छन् । गत वर्ष भने यो सङ्ख्या ५ हजार ८ सय ९ थियो ।