सेयर बजारमा कडाई, ऋण पाउने सीमा घट्यो

ऋणको सीमा घटाएको राष्ट्र बैङ्कले मार्जिन कल हुने व्यवस्थालाई भने सहज बनाएको छ । सेयर धितोमा लिइएको कर्जामा मार्जिन कलको समस्यालाई राष्ट्र बैङ्कले केही हदसम्म समाधान गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले सेयरधितोमा पाउने ऋणको सिमा घटाएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्दै प्राथमिक पुँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई २५ प्रतिशतमा झारेको हो ।

ऋणको सीमा घटाएको राष्ट्र बैङ्कले मार्जिन कल हुने व्यवस्थालाई भने सहज बनाएको छ । सेयर धितोमा लिइएको कर्जामा मार्जिन कलको समस्यालाई राष्ट्र बैङ्कले केही हदसम्म समाधान गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर डा चिरन्जीवी नेपालले सेयरको मूल्य २० प्रतिशत घटेपनि मार्जिन कल नहुने बताए ।

यद्यपि बैङ्कहरुको कोर क्यापिटलको ७ देखि ८ प्रतिशतसम्मपनि सेयरधितोमा कर्जा गएको छैन । मार्जिन कल घटाउने व्यवस्थाले भने लगानीकर्तालाई राहत दिन्छ । सेयरधितो राखेर पाइने कर्जाको सिमा भने यथावत छ ।

वणिज्य बैङ्कलाई सेयर ब्रोकरको लाइसेन्स खुला
नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई सेयर ब्रोक्रर लाइसेन्स खुल्ला गरेको छ । राष्ट्र बैङ्कका गभर्नर डा चिरन्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैङ्कलाई ब्रोक्ररको लाइसेन्स दिने बताए । उनले वाणिज्य बैङ्कको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स दिने बताए ।