धितो मूल्याङ्कनमा एकरुपता ल्याइने

राष्ट्र बैङ्कले स्थिर सम्पत्ति वा घर जग्गाको धितोमा प्रवाह हुने कर्जामा धितो मूल्याङ्कनमा एकरुपता कायम गराउन सरोकारवालाहरुको समन्वयमा धितो मूल्याङ्कन मार्गदर्शन जारी गरिने उल्लेख छ ।

सरकारले धितो मूल्याङ्कनमा एकरुपता ल्याउने भएको छ । राष्ट्र बैङ्कले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै धितो मूल्याङ्कनमा एक रुपता ल्याउने घोषणा गरेको हो ।

घर जग्गा तथा धितोको मूल्याङ्कन एकरुपता नहुँदा धितोमा आधारित रहेर ऋण दिने बैङ्क तथा वित्तीय संस्थाहरु समस्यामा पर्दै आएका थिए । धितोको मूल्याङ्कन प्रक्रिया जटिल भएको भन्दै बैङ्करहरुले एकरुपता ल्याउन माग गर्दै आएका थिए ।

बैङ्क तथा वित्तीय संस्थाहरुले आफ्नो हिसाबले धितोको मूल्याङ्कन गर्दै ऋण प्रवाह गर्दै आइरहेका छन् ।