मेगा बैङ्कको सञ्चालक समिति अध्यक्षमा शाह

मेगा बैङ्कको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि छ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।

मेगा बैङ्कको सातौं साधारणसभाले सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरेएको छ ।

बैङ्कको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैङ्क नेपालको अग्रणी बैङ्क बन्न सफल भएको बताए । उनले मेगा बैङ्कलाई अझै सुविधा सम्पन्न र बैङ्किङ सुविधाबाट वञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने बताए । यसैगरी, मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले अब मेगा बैङ्कले रफ्तार लिने बताइन् । मेगा बैङ्कले छोटो समयमै ग्राहकको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधासहित मेगा बैङ्कलाई नयाँ ढङ्गले अघि बढाउने बताइन् ।

मेगा बैङ्कको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि छ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।

साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।

बैङ्कका हाल ९९ शाखा, १४ एक्टेनसन काउन्टर, १ हजार १ सय १९ शाखारहित बैङ्किङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ ओटा एटीएम छन् ।