एनआईबीएललाई उत्कृष्ट ब्रान्ड अवार्ड

सीएमओ एसियाद्वारा एनआइृबीएल क्यापिटल मार्केट लिमिटेडलाई नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड प्रदान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा एनआईबीएललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
अर्थराज्यमन्त्री उदय शम्सेर राणाद्धारा उक्त अवार्ड बितरण गरिएको हो । कार्यक्रममा वल्र्ड सीएसआर डे र वल्र्ड सस्टेनिविलिटीका सस्थापक डा.आर.एल.भाटियाको उपस्थिति थियो ।

कार्यक्रममा बैकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।