सिटिजन्स बैङ्कका ४ नयाँ शाखा

सबै नेपालीले बैङ्क खाता सञ्चालन गर्ने नीतिलाई अवलम्बन गर्दै बैङ्कले नयाँ शाखा स्थापना गरेको जनाएको छ । चालू आवमा बैङ्कले विभिन्न स्थानमा १४ शाखा सञ्चालनमा ल्याइसकेको छ ।

सिटिजन्स बैङ्कले आइतबारदेखि एकै साथ विभिन्न स्थानमा ४ नयाँ शाखा खोलेको छ । बैङ्कले प्युठानको झिमरुक, पूर्वी रुकुमको भूमे, हुम्लाको नाम्खा तथा आछामको ढकारीमा शाखा खोलेको हो ।

सबै नेपालीले बैङ्क खाता सञ्चालन गर्ने नीतिलाई अवलम्बन गर्दै बैङ्कले नयाँ शाखा स्थापना गरेको जनाएको छ । चालू आवमा बैङ्कले विभिन्न स्थानमा १४ शाखा सञ्चालनमा ल्याइसकेको छ ।

यस्तै काठमाडौंको टोखा, थानकोट र कैलालीको मोहोन्यालमा पनि शाखा खोल्ने योजना बैङ्कको छ । बैङ्कको हाल ७८ शाखा, ७० एटीएम, ९९ शाखारहित बैङ्किङ सेवाबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।