आइएमई जनरल र ग्लोबल आइएमई क्यापिटलबीच  हकप्रद सेयर निष्कासन सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड २० औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद सेयर जारी गर्न ग्लोवल आइएमई क्यापिटल लिमिटेडसँग हकप्रद सेयर निष्काशनको सम्झौता हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिँदै सम्झौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता प्ँजी रु. ९७ करोड २० लाख पुग्नेछ । त्यसपछि बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अर्ब २ करोड ६ लाख पु¥याउने गरी पूंजी बृद्धि योजना बीमा समितिमा पेश गरिएको पनि जानकारी गराए ।