एनआईसी एसिया बैङ्कको एकै साथ दुई शाखारहित बैङ्किङ सेवा

बैङ्कले असार ३१ गतेदेखि सञ्चालनमा ल्याएको साँखे बजारको सेवाको उद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रामचन्द्र भण्डारी र वडा नम्बर ११ का वडाअध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैङ्किङ सेवाका प्रतिनिधिका रुपमा बैङ्कले मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

एनआईसी एसिया बैङ्कले एकै साथ तनहूँका दुई स्थानमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैङ्कले शुक्लागण्डकी नगरपालिकाको साँखे बजार र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधाैं र पन्ध्राैं शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको हो ।

बैङ्कले असार ३१ गतेदेखि सञ्चालनमा ल्याएको साँखे बजारको सेवाको उद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रामचन्द्र भण्डारी र वडा नम्बर ११ का वडाअध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैङ्किङ सेवाका प्रतिनिधिका रुपमा बैङ्कले मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

यसैगरी बैङ्कले व्यास नगरपालिकाको कलेस्तीमा सञ्चालन गरेको शाखारहित बैङ्किङ सेवाको उद्घाटन सोही नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सतीशचन्द्र न्यौपानेले गरे । उक्त शाखारहित बैङ्किङ सेवा सञ्चालनका लागि बैङ्कले प्रतिनिधिका रुपमा सिकन्दर गुरुङलाई नियुक्त गरेको छ ।

शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैङ्किङ सेवा लिन सक्नेछन् ।

हाल एनआईसी बैङ्कका दुई सय २६ शाखा, दुई एटीएम, १४ एक्स्टेन्सन काउन्टर र १५ शाखारहित बैङ्किङ सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैङ्कको वासलातको आकार एक सय ७६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल कर्जा करिब एक सय २० अर्ब रुपैयाँ र निक्षेप करिब एक सय ५० अर्ब रुपैयाँ पुगेको छ ।