हाम्रो विकास र ज्योति विकासबीच मर्जर हुने

यसअघि हाम्रो विकास बैङ्क र झिमु्रक विकास बैङ्कबीच मर्जर हुने चर्चा थियो । तर, स्वाप रेसियोमा कुरा नमिलेपछि हाम्रो विकास बैङ्क मर्जर प्रक्रियाबाट पछाडि हटेको थियो ।

हाम्रो विकास बैङ्क र ज्योति विकास बैङ्कबीच मर्जर हुने भएको छ । यसअघि हाम्रो विकास बैङ्क र झिमु्रक विकास बैङ्कबीच मर्जर हुने चर्चा थियो । तर, स्वाप रेसियोमा कुरा नमिलेपछि हाम्रो विकास बैङ्क मर्जर प्रक्रियाबाट पछाडि हटेको थियो ।

हाम्रोको आइतबारको सेयर मूल्य प्रतिकित्ता १ सय ३३ रुपैयाँमा कारोबार रोकिएको छ । हाल कम्पनीको नेप्सेमा ४९ करोड २२ लाख ३९ हजार ५ सय रुपैयाँबराबरको ४९ लाख २२ हजार ३ सय ९५ कित्ता सेयर सूचीकृत छ । कम्पनीको चुक्ता पुँजी ६५ करोड ४६ लाख ७८ हजार ५ सय ३५ रुपैयाँ छ ।

यस्तै, आइतबार ज्योति बैङ्कको सेयर मूल्य प्रतिकित्ता १ सय ३६ रुपैयाँमा कारोबार रोकिएको छ । बैङ्कको नेप्सेमा २६ करोड २२ लाख ६७ हजार ६ सय रुपैयाँबराबरको २६ लाख २२ हजार ६ सय ७६ कित्ता सेयर सूचीकृत छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५३ करोड ९० लाख ८३ हजार ९ सय ३६ रुपैयाँ छ ।