सीमित बैङ्किङ कारोबार गर्ने सहकारी खारेज

नयाँ आर्थिक वर्ष २०७५–७६ सुरु भएसँगै मङ्गलबारदेखि ती सहकारीको राष्ट्र बैङ्कले नियमन तथा सुपरिवेक्षण गर्ने छैन । तर, ती सहकारीले सहकारी अनुरुपका कारोबार गर्न भने कुनै बाधा पर्ने छैन ।

नेपाल राष्ट्र बैङ्कले सीमित बैङ्किङ कारोबार गर्ने सहकारी संस्थाहरुलाई खारेज गरेको छ । सोमबार परिपत्र गर्दै राष्ट्र बैङ्कले आफैले यसअघि सीमित बैङ्किङ कारोबार गर्न अनुमति दिएका सहकारी संस्थाहरुलाई वित्तीय कारोबारबाट हटाएको हो ।

नयाँ आर्थिक वर्ष २०७५–७६ सुरु भएसँगै मङ्गलबारदेखि ती सहकारीको राष्ट्र बैङ्कले नियमन तथा सुपरिवेक्षण गर्ने छैन । तर, ती सहकारीले सहकारी अनुरुपका कारोबार गर्न भने कुनै बाधा पर्ने छैन ।

राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सहकारीलाई आफ्नो सुपरिवेक्षकीय तथा नियामकीय दायराबाट अलग गर्ने घोषणा गरेको थियो । हाल १४ सहकारीले सीमित बैङ्किङ कारोबार गर्दै आएका छन् ।

सीमित बैङ्किङ कारोबार खोसिएका सहकारीहरुः