सम्झौता हस्ताक्षरपछि ग्लोबल आईएमई बैङ्कका एक सय ३१ ओटै शाखामार्फत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजना खरिद गर्न पाइने छ ।
ग्लोबल आईएमई बैङ्क र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच मङ्गलबार बैङ्कास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता हस्ताक्षरपछि ग्लोबल आईएमई बैङ्कका एक सय ३१ ओटै शाखामार्फत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजना खरिद गर्न पाइने छ । साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बताइएको छ ।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।