नेपालगञ्जका १६ स्थानमा सीसीटीभी क्यामेरा जडान

नेपालगञ्जमा बढ्दो अपराध नियन्त्रणका लागि नगरपालिकाको सहयोगमा नगरका १६ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने काम पूरा भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम सुरु गरेको छ ।

नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको बिपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा सो प्रविधिको बत्ती जडान गर्न लागिएको हो । नगरका अन्य चोकमा पनि क्रमशः यसखाले बत्ती जडान गरिने उपप्रमुख उमा थापा मगरले बताए ।

यसैगरी नगरलाई सौन्दर्यमुखी बनाउन नगरपालिकाले नेपालगञ्जको सुर्खेत सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा विभिन्न जातको आकर्षक बिरुवा रोप्ने अभियान पनि थालेको छ । नगरको राझा चोकदेखि भन्सार चोकसम्म वृक्षरोपण गरिने भएको छ ।

नेपालगञ्जमा बढ्दो अपराध नियन्त्रणका लागि नगरपालिकाको सहयोगमा नगरका १६ स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने काम पूरा भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित समितिले नगरको मुख्यमुख्य चोकमा क्यामरा जडान गरेको हो । दोस्रो चरणअन्तर्गत थप चोकमा पनि सिसिटिभी क्यामरा जडान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।