चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई फेरि अर्को चार वर्षका लागि नियुक्त गरेको हो ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराईलाई नै निरन्तरता दिइएको छ । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई फेरि अर्को चार वर्षका लागि नियुक्त गरेको हो । भट्टराईलाई नियुक्ति गर्ने बारेमा नियामक बिमा समितिले स्वीकृति दिएपछि कम्पनीले सीईओ नियुक्त गरिएको जानकारी दिएको हो ।
कम्पनीको सञ्चालक समितिले असार पहिलो साता भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेपनि समितिले भने साउन १ मा मात्रै सहमति दिएको कम्पनी सचिव राजनप्रसाद अधिकारीले जानकारी दिए ।
बिमा र बैङ्किङ क्षेत्रमा झन्डै तीन दशक काम गरिसकेका भट्टराईले यसअघि ग्रान्ड बैङ्क नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलगायतका उच्च व्यवस्थापन सम्हालिसकेका छन् ।