लुम्बिनी विकास बैङ्कका सीईओ बोहराले सम्हाले पदभार

यसअघि देव विकास बैङ्कका डेपुटी सीईओ रहेका बोहराले आगामी ४ वर्षका लागि लुम्बिनीको जिम्मेवारी समालेका हुन् ।

लुम्बिनी विकास बैङ्कका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशसिंह बोहराले आज (बुधबार)देखि जिम्मेवारी सम्हालेका छन् । यसअघि देव: विकास बैङ्कका डेपुटी सीईओ रहेका बोहराले आगामी ४ वर्षका लागि लुम्बिनीको जिम्मेवारी समालेका हुन् ।

त्यसअघि उनी नेसनल फाइनान्सका सीईओ थिए । साथै, उनीसँग नेपाल बङ्गलादेश, माछापुच्छ्रे र युनाइटेड फाइनान्स लगायतका बैङ्क तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ ।