नेपाल राष्ट्र बैङ्कले निर्देशन जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले बैङ्किङ क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न अनिर्वाय तालिमको व्यवस्था गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थामा कार्यरत सहायकदेखि अधिकृत स्तरसम्मका कर्मचारीलाई बैङ्किङसम्बन्धी तालिम अनिवार्य दिनपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले निर्देशन जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले बैङ्किङ क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न अनिर्वाय तालिमको व्यवस्था गरेको हो ।
राष्ट्र बैङ्कको निर्देशनपछि बैङ्कहरुले अब बैङ्कमा नयाँ भर्ना भएका कर्मचारीलाई दुई वर्षभित्र तालिम प्रदान गरिसक्नुपर्ने छ । चालू आर्थिक वर्षमा कर्मचारीको दक्षता अभिवृद्धिमा तोकिएअनुसारको खर्च हुन बाँकी रकम आगामी वर्षमा कर्मचारीको दक्षता अभिवृद्धि गर्न प्रयोग गर्नुपर्ने छ ।
कर्मचारीको दक्षता अभिवृद्धि गर्न छुट्टै कार्यविधि बनाई विभाग तथा सुपरिवेक्षण संस्थालाई पेस गर्न राष्ट्र बैङ्कले निर्देशिका सार्वजनिक गरेको हो ।