’६० सेकेन्ड्स’ अनलाइन विप्रेषण सेवा पहिलो पटक कमर्सियल बैङ्कद्वारा भारतमा बैङ्क खातामा पठाउन प्रस्तुत गरिएको थियो । भारतपछि फिलिपिन्स, श्रीलङ्काको सेवा सुरु भएपछि बैंकहरुले अहिले नेपाल र पाकिस्तानसम्म सेवा विस्तार गरेका छन् ।
कतारस्थित कमर्सियल बैङ्कको मोबाइल बैङ्किङ एप तथा इन्टरनेट बैङ्किङबाट ग्राहकले एक मिनेटभन्दा पनि थोरै समयमा नेपाल र पाकिस्तानमा पैसा पठाउन सक्ने भएका छन् ।
’६० सेकेन्ड्स’ अनलाइन विप्रेषण सेवा पहिलो पटक कमर्सियल बैङ्कद्वारा भारतमा बैङ्क खातामा पठाउन प्रस्तुत गरिएको थियो । भारतपछि फिलिपिन्स, श्रीलङ्काको सेवा सुरु भएपछि बैंकहरुले अहिले नेपाल र पाकिस्तानसम्म सेवा विस्तार गरेका छन् ।
कमर्सियल बैङ्कका ग्राहकले पाकिस्तानमा हबिब बैङ्कको आफ्नो खातामा तुरुन्तै तथा ६० मिनेटभित्र अन्य बैङ्क खातामा पैसा पठाउन सक्छन् । नेपालमा पैसा पठाउने ग्राहकका लागि ग्लोबल आईएमई बैङ्क खातामा ६० सेकेन्डभित्र तथा अन्य नेपाली बैङ्कहरुमा सोही दिन पैसा ट्रान्सफर भई जम्मा हुनेछ ।
कमर्सियल बैङ्कको सरल, सुरक्षित और सुविधाजनक मोबाइल बैङ्किङ एप र इन्टरनेट बैङ्किङ सेवा उपयोग गरी पैसा निकाल्दा नेपाली र पाकिस्तानी ग्राहकलाई धेरै फाइदा हुन्छ । किनकि बैङ्कको लामो लाइनमा बस्नुपर्ने समय अब घरैमा बिताउन पाइन्छ, हप्ताको सातै दिन, चौबीसै घण्टा आफ्नो अनुकूलको समयमा पैसा पठाउन पाइन्छ ।
अनलाइन विप्रेषण सेवामा अधिकतम विनिमय दर र प्रतिस्पर्धी न्यूनतम सेवाशुल्क भएको बैङ्कले आफ्नो विज्ञप्तिमार्फत जनाएको छ । कमर्सियल बैङ्क ईजीएमका रिटेल एन्ड कन्जुमर प्रमुख, अमित शाहले भने, ‘कमर्सियल बैङ्क कतारको सबैभन्दा राम्रो विप्रेषण बैङ्क हो, जसले हाम्रा ग्राहकलाई प्रतिस्पर्धी दर तथा फिस लिएर शीघ्र तथा स्तरीय सेवा प्रदान गर्छ ।
हामीले विश्वस्तरीय विप्रेषण सेवाका लागि हाम्रो इन्टरनेट तथा मोबाइल बैङ्किङ प्लेटफर्ममा लगानी गरेका छौं । साथै, नेपाल, पाकिस्तान, भारत, श्रीलङ्का तथा फिलिपिन्समा हाम्रो अद्वितीय ’६० सेकेन्ड’ विप्रेषण सेवा दिन पाउँदा खुसी छौं ।’