बैङ्कले अघिल्लो वर्षमा एक अर्ब आठ करोड १६ लाख रुपैयाँ खुद मुनाफा तथा ३२ करोड ६२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । हाल सिटिजन्स इन्टरनेसनलको चुक्ता पुँजी आठ अर्ब तीन करोड रुपैयाँ छ ।
सिटिजन्स बैङ्कले गत आर्थिक वर्षमा एक अर्ब ४० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । अन्य वाणिज्य बैङ्कभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको बैङ्कले ३० दशमलव २१ प्रतिशतले नाफा बढाएकाे हो ।
बैङ्कले अघिल्लो वर्षमा एक अर्ब आठ करोड १६ लाख रुपैयाँ खुद मुनाफा तथा ३२ करोड ६२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । हाल सिटिजन्स इन्टरनेसनलको चुक्ता पुँजी आठ अर्ब तीन करोड रुपैयाँ छ ।
गत आवमा ६१ ऋर्ब ४८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले ५७ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको बताएको छ । हालसम्म आठ अर्ब ६९ करोड रुपैयाँ लगानी रहेको बैङ्कको जगेडा कोषमा दुई अर्ब ७६ करोड रुपैयाँ छ ।
खराब कर्जा अनुपात एक दशमलव २५ प्रतिशत छ भने कर्जा निक्षेपको अनुपात ७७ दशमलव ८७ प्रतिशत छ । कम्पनीको रिटर्न अफ इक्युटी १३ दशमलव ९५ प्रतिशत र प्रतिसेयर आम्दानी १७ दशमलव ५३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३४ दशमलव ४६ रुपैयाँ छ ।