नबिल बैङ्क र जापानको एसियन नेट कम्पनीबीच रेमिटेन्स सञ्चालन गर्ने सम्झौता

अब जापानमा रहेका नेपालीहरुले नबिल बैङ्क वा नेपालभरिका जुनसुकै बैङ्क वा वित्तीय संस्थाहरुको खातामा रकम पठाउन सक्नेछन् ।

नबिल बैङ्कले जापानको एसियन नेट कम्पनीसँग रेमिटेन्स कारोबारका लागि सहकार्य गर्ने भएको छ । अब जापानमा रहेका नेपालीहरुले नबिल बैङ्क वा नेपालभरिका जुनसुकै बैङ्क वा वित्तीय संस्थाहरुको खातामा रकम पठाउन सक्नेछन् ।

यही असार २२ गते टोकियोमा नबिल बैङ्कका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एसियन नेटका अध्यक्ष हिगासिदा शुजेनले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जापानसँग रेमिटेन्स सञ्जाललाई विस्तार गर्दै नेपालीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न पाउँदा उत्साहित भएको बताए । रेमिटेन्स कारोबारमार्फत नबिल बैङ्कमा खाता रहेका ग्राहकहरुका लागि तत्कालै र अन्य बैङ्कहरुको हकमा एक कार्य दिनमै भुक्तानी सेवा प्रदान गरिने उनले बताए ।