सम्झौताअनुसार बैङ्कका ग्राहकले उपचार खर्चमा ७ प्रतिशत छुट पाउने छन् । साथै, बैङकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवा शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
महालक्ष्मी बिकास बैङ्कका डेभिड कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटी अस्पतालमा छुट पाउने भएका छन् । बैङ्क र अस्पतालबीच सम्झौता भएपछि अस्पतालमा उपचार गर्न जाने डेभिड कार्ड प्रयोगकर्ताले सेवा शुल्कमा छुट पाउने भएका हुन् ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैङ्कका ग्राहकले उपचार खर्चमा ७ प्रतिशत छुट पाउने छन् । साथै, बैङकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवा शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
देशका ७३ ओटा शाखाबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको महालक्ष्मीका चार लाख ४० हजार ग्राहकले मेडिसिटीमा उपचार गराई सेवा शुल्कमा छुट प्राप्त गरी लाभान्वित हुन सक्नेछन् ।