सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया

यही साउन ६ गते बसेको सञ्चालक समितिको १३६ औं बैठकले कम्पनीको अध्यक्षमा केडियालाई चयन गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन् । यही साउन ६ गते बसेको सञ्चालक समितिको १३६ औं बैठकले कम्पनीको अध्यक्षमा केडियालाई चयन गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा जानकारी गराउँदै कम्पनीको रिक्त पदमा केडिया आउने जनाएको छ । यसअघि इन्स्योरेन्सका अध्यक्ष ताराचन्द केडियाले अध्यक्ष पदबाट राजीनामा दिएपछि उनको स्थानमा रतनलाललाई नियुक्त गरिएको हो ।